Home समाचार आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे शीर्ष स्थानमा पुगेको छ ।गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read