HomeUncategorizedभोलि निष्कासन हुँदै २७ करोडको आईपीओ,कति दिने आवेदन ?

भोलि निष्कासन हुँदै २७ करोडको आईपीओ,कति दिने आवेदन ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भोलि अर्थात् चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनिको शेयरमा अधिक आवेदन पर्ने निश्चित छ त्यसैले पनि यो कम्पनीको शेयरमा केबड 10 कित्ता मात्र शेयर आवेदन दिनु उपयुक्त हुने देखिन्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read