HomeUncategorizedयो साता बजारमा दुई वटा आईपीओ, कति भर्ने ?

यो साता बजारमा दुई वटा आईपीओ, कति भर्ने ?

हात खाली नहुने नेपाल ईन्फ़्रास्ट्रक्चर बैंकले हालसम्म कै ठुलो संख्याको आईपिओ बजारमा जारी गर्ने भएपछी पछिल्लो समय धेरै जसो नेपालीहरु प्राथमिक शेयर लगानीतर्फ आकर्षित भएका थिए। यो साता ग्रीनलाइफ हाइड्रोपावर कम्पनी र महिला लघुवित्तमा प्राथमिक सेयरका लागि आवेदन दिन सकिने भएको छ ।

ग्रीनलाइफले सर्वसाधारणका लागि शुक्रबार नै आईपीओ बिक्री खुला गरेको छ भने महिला लघुवित्तले बुधबारबाट प्राथमिक सेयर निष्कासन गर्नेछ ।दुबै कम्पनीमा ३ लाखको संख्यामा मात्र आईपीओ निष्कासन गर्ने भएकाले यसमा आवेदक सबैले नपाउने सम्भावना रहेको छ ।

नेपालमा अहिले डिम्याट खाता खोल्नेको संख्या कम्पानीका शेयर निष्कासन संख्या भन्दा धेरै गुणा बढि रहेकाले सबैको भागमा नपर्ने भएको छ । यसर्थ यी दुबै कम्पनीमा १० कित्ता भरेमात्र पुग्छ । जसमा भाग्यमानीले मात्र १० कित्ता सेयर पाउने छ भने बाँकीको हात खाली हुनेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read