Homeफिल्मसेलिब्रेटीअभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा सम्मानित

अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा सम्मानित

नेपाली फिल्मका अभिनेता बिपिन कार्की तथा अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् ।

लक्की मिडिया हाउस चितवनको पांँचौं वार्षिकोत्सवको अवसरमा अभिनेता कार्की तथा अभिनेत्री शर्मालाई सम्मान गरिएको हो ।नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै कार्की र शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की लक्कीले बताएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा अभिनेता कार्की तथा अभिनेत्री शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।उक्त अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी तथा खेलाडीहरु पनि सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ , नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी लगायत उद्योगी व्यवसायी, नेताको सहभागिता रहेको थियो ।

उक्त अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली फिल्म ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read