अमृता नेपालको “मलाई सम्झिनु” बोलको म्युजिक भिडियो सार्वजनिक( भिडियो सहित)

0
588

गीतकार अमृता नेपालको “मलाई सम्झिनु” बोलको गीत सार्वजनिक भएको छ। गीतमा नेपाल आईडल सिजन ३ का फर्स्ट रनर अप प्रविण बेडवालको स्वर रहेको छ भने हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ।

सुरेश दर्पण पोख्रेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सुरक्षा पन्त तथा बिनोद अधिकारिको अभिनय संगसंगै बालकलाकारको रुपमा प्राप्ति अधिकारी र बिशाल गुरुङ्गको अभिनय रहेको छ। भिडियोको छायांकन बिमल ढकालले गरेका छन भने सम्पादन भरत रेग्मीको रहेको छ।

साहित्यमा बिशेष रुची राख्ने अमृता नेपाल गीतकारका रुपमा माया गर्नेहरुको गीत भनेर यो गीत बजारमा ल्याईएको बताउँछिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here