सुशान्त खत्री र प्रियाना आचार्य अभिनित “दिलकी टुकुरी” नाम म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मायालु ईन्टरटेन्मेन्टबाट बुधबार सार्वजनिक भएको म्युजिक भिडियोको गीतमा अल्मोडा राना उप्रेती र बिद्या तिवारीको स्वर रहेको छ भने राजेन्द्र भाट “मिस्टर आर जे” को र्याप रहेको छ। गीतमा बिष्णु सापकोटाको शब्द रहेको छ भने मिस्टर आर जे कै संगीत रहेको छ भने एरेन्ज अल्मोडा कै रहेको छ।
सुशान्त खत्रीको कोरियोग्राफी तथा राजिव समरको निर्देशनमा तयार भएको म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
भिडियोमा शुशान्त खत्री, प्रियाना आचार्य सहित मिस्टर आर जे लाई पनि देख्न सकिन्छ।