Homeफिल्मसेलिब्रेटीगायिका अन्जु पन्तले प्रेमी थीर कोईरालासंगको प्रेम सम्बन्ध तथा विवाहको बारेमा पहिलो...

गायिका अन्जु पन्तले प्रेमी थीर कोईरालासंगको प्रेम सम्बन्ध तथा विवाहको बारेमा पहिलो पटक मुख खोलिन

लोकप्रिय गायिका अञ्जु पन्त विवाहको तयारीमा रहेको खबर पुरानो भैसकेको छ उनी निकट भविष्यमै गीतकार थीर कोइरालासँग वैवाहि जीवन प्रारम्भ गर्दैछिन् ।केही अघि कोइरालाले फेसबुकमा एउटा स्टाटस लेख्दै गायिका पन्तसंगको प्रेम सम्बन्ध तथा विवाहको बारेमा आएका खबरहरु सत्य भएको पुष्टि गरेका थिए ।यद्यपि, गायिका पन्तले भने अहिलेसम्म आफ्नो र थीर कोइराको विवाह बारेमा मुख खोलेकी थिइनन् ।

शनिवार काठमाडौंमा एउटा म्युजिक भिडियो सार्वजनिक गर्ने समारोहमा गायिका पन्त पहिलो पटक आफ्नो विवाह तथा हुनेवाला श्रीमान् का बारेमा मुख खोलेकी छिन् ।यही फागुन महिनामै विवाह हुने सम्भावनासहित गायिका पन्तले विवाहको खबर सही भएको बताइन् ।कार्यक्रममा उनले हुनेवाला श्रीमान् को प्रशंसा समेत गरेकी छिन् ।

प्रारम्भमा विवाहका बारेमा बोल्न नचाहेकी गायिका पन्तले आफ्नो भनाइ राख्ने क्रममा हुनेवाला श्रीमान् को प्रसंशा गर्दै उनकै लागि एउटा रोमान्टिक गीत समेत गाइन् ।आफ्नो खुशी व्यत्त गर्दै गायिका पन्तले आफ्ना हुनेवाला श्रीमान् का का लागि आफ्नै स्वरमा रेकर्ड भएको लोकप्रिय गीत ‘तिमी रोएको पल तिमीलाई…’ गाएकी छिन् ।

केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग बाहिरएको समेत बताएकी छिन् ।अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्‍जुले दिने प्राय: हरेक अन्तर्वार्तामा पनि भन्‍दै आएकी थिइन् ।गीतकार कोइारालले भने विवाहको मिति टुङ्ग्याउनका लागि परिवारको निर्णयलाई कुरेको बताएका छन् ।

गायिका पन्तसंगको भेटका बारेमा थीरले भनेका छन्–‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षजति भयो । हामी समान धार्मिक आस्था राख्छौं, त्यसैले विचार मिल्थ्यो। हामीले धेरैपल्ट सँगै काम गर्ने मौका पनि पाएका छौं। त्यसरी नै नजिक पनि भएका हौं।’गायिका पन्तको फाउनडेशनमा पनि थीरले काम गरेका छन् ।उनीहरु साथी हुँदै उनीहरु जीवनसाथी बन्‍ने योजनामा रहेका हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read