Home समाचार १ मिनेट मै निफ्राको शेयर मूल्यमा पोजेटिभ सर्किट,हेर्नुहोस कति मा भयो कारोवार

१ मिनेट मै निफ्राको शेयर मूल्यमा पोजेटिभ सर्किट,हेर्नुहोस कति मा भयो कारोवार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सुरु भएको पहिलो दिन नै नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

बैंकको NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो  । बैंकको पहिलो कारोबार ३४० को मूल्यमा भएको थियो  । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको थियो । ११ बजे नियमित कारोबार सुरु भएकोमा ११ बजेर १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ३७४ को बिन्दुमा पुगेको छ ।

गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।  नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेकोमा उच्च बिन्दुबाट कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

  1.  बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read