Homeफिल्मसेलिब्रेटीकरिश्मालाई महानायिकाकाे उपाधि

करिश्मालाई महानायिकाकाे उपाधि

नेपाली चलचित्र जगतमा कसलाई के उपाधी दिने भन्ने खास्सै बैज्ञानिक अवधाराणा त छैन यद्यपि कसैको प्रतिभा, प्रभाव र लोकप्रियताको सामान्य लेखाजोखा गरेर भावनात्मक रुपमा यस्तो विशेषणले ‘सुशोभित’ गर्ने प्रवृत्ति छ। नायक राजेश हमाललाई ‘महानायक’ , भुवन केसीलाई ‘सुपरस्टार’ , अनमोल केसी लाई ‘मेगास्टार” त कसैलाई ‘एक्सनस्टार’ त कसैलाई ‘सदाबहार’ अनि भर्खरै टिजर रिलिज भएको चलचित्र लप्पन छप्पन २ मा सौगात मल्लालाई पनि ‘सुपरस्टार’ उपाधी दीईएको छ।

यसै क्रममा  नेपाली चलचित्रकी सदाबहार नायिका नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’ घोषणा गरिएको छ। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा आरके इन्टरटेनमेन्टले करिश्मालाई महानायिका घोषणा गरेको हो। नायिका मानन्धरले नेपाली फिल्म क्षेत्रलाई लामो समयदेखि दिएको योगदानको कदर गर्दै उक्त उपाधि दिइएको आयोजकले जनाएको छ। अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के ईण्टरटेन्मेण्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको हो ।राजेश हमालबाट करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो ।

करिश्माले १४ वर्षको उमेरमा अभिनय थालेकी थिइन्। उनले अभिनेत्रीका रुपमा डेब्यू गरेको चलचित्र प्रकाश थापा निर्देशित‘सन्तान’ हो।यस फिल्ममा अभिनय गरेपछि उनले कहिलै पछाडि फर्केर हेर्नु परेन। चलचित्र ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजू, मायालु, एक नम्बरको पाखे, जिन्दगी, वसन्ती, ढुकढुकी’ आदि उनी अभिनित सुपर हिट चलचित्र हुन्।

हमाललाई दिइएको ‘महानायक’ उपाधि पनि बेला बेलामा विवाद पर्ने गरेको छ। केहि समय अघि दिपाश्री निरौलाले राजेश हमाललाई महानायक मान्न नासकिने बताएकी थीइ। अब करिश्मालाई दिइएको ‘महानायिका’ उपाधिले पनि उनलाई विवादमा तान्न सक्ने बताइन्छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read