Home म्युजिक भिडियो सम्राटको ‘इस’ बोलको गीतको बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

सम्राटको ‘इस’ बोलको गीतको बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

केहि दिन अगाडी मात्र रिलिज भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने कुरा बताएका हन् । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताए ।

हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहने छ । तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने कुरा सम्राटले बताए । त्यस्तै यस गीतको कलाकारहरुमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने केटि मोडलमा बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । हिन्दी भर्सनमा बन्न लागेको गीतको टिम नेपाल प्राय सबै बलिउडबाटै हुनेछ । बलिउडबाट हुने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनपछि सार्वजनिक गर्ने सम्राटले बताए ।

यस विषयमा कुरा गर्दैै सम्राटले भने बलिउडको चर्चित कम्पनीले हाम्रो नेपाली गीत हिन्दी भर्सनमा निकाल्ने प्रस्तावले धेरै खुशि लागेको छ । हाम्रो सहकार्यले नेपाली म्युजिक क्षेत्रलाई बलिउडसंग जोड्ने काम हाम्रो टिमले गरेकोमा अझ धेरै खुशि छु ।

‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु फिचर्ड भएको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको थियो ।

४ दिन अगाडी मात्रै यस गीतको म्युजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युट्युव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read