Homeमनोरञ्जनपैसा नदिनेको नाम सार्वजनिक गरिदिने परमिताको चेतावनी

पैसा नदिनेको नाम सार्वजनिक गरिदिने परमिताको चेतावनी

नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् । परमिताले सामाजिक संजालमा आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यस्तो चेतावनीयुक्त मेसेज पोस्ट गरेकी छिन् ।

परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमा नै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको बताएकी छिन् । आफूले निकै गाह्रोगरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने कुराले पनि उनलाई दुःखी तुल्याएको बताएकी छिन् ।

उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु ।’यस्तो गर्नुपर्दा आफूलाई पनि नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताएकी छिन् ।

नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेहरुका लागि यस्ता कुराहरुले निकै दुःखी तुल्याउने उनी बताउँछिन् ।आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछि मात्रै पाएको पनि उनले खुलासा गरिन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read