Homeखेलकुदपीएसएलको ड्राफ्टमा सर्वाधिक महंगो श्रेणीमा सन्दिपको नाम

पीएसएलको ड्राफ्टमा सर्वाधिक महंगो श्रेणीमा सन्दिपको नाम

नेपाली चर्चित लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी संस्करणका लागि प्लाटिनम वर्गमा ड्राफ्टमा परेका छन।

पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो । यो वर्गमा लामिछानेसंगै क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान जस्ता उत्कृष्ट क्रिकेटरहरु छन् ।

प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि अधिकतम २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छन् । पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र विदेशी गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ ।

खेलाडीहरुको लिलामी जनवरी ९ मा हुनेछ । सन् २०१८ मा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read