हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मंगलबार देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।