Homeसमाचारआगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौंको कपनमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीले पत्नीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई पक्राउ गरेको छ ।

४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

स्थानीयले घाइते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read