Homeजीवनशैलीके विवाह नगरी पनि प्रेम मात्रै गर्न सकिदैन ?

के विवाह नगरी पनि प्रेम मात्रै गर्न सकिदैन ?

प्रेम गरेपछि विवाह गर्नैपर्छ ? यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन्, प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने गरिन्छ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी/प्रेमिका बनाउँछन् । कतिले देखासेखीमा । कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी/प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर, कहिले काहिँ त्यस्तै प्रेमी/प्रेमिकासँग बिवाह गर्न पुगिन्छ । र, यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने छैन । प्रेम गरिरहँदा प्रेमी/प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्लानिङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि, छोरी ? नाम के राख्ने ? कहाँ पढाउने ? इत्यादी । हुनसक्छ, प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ ।

पार्टनरको आनीबानी बुझ्ने कि ? : त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकाको आनीवानी, व्यवहार, सोच चिन्तन, उदेश्य, अपेक्षा सबै कुरा मूल्यांकन गर्न सकिन्छ । आफ्ना प्रेमी/प्रेमिकाले आफुसँग कस्तो व्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन् ? त्यसबारे बुझ्नुपर्छ । प्रेम आँखाबाट सुरु हुन्छ । कसैप्रतिको वाह्य आकर्षण नै प्रेममा रुपान्तरण हुने हो । जब कसैलाई प्रेमी/प्रेमिका बनाइन्छ, तब मात्र उसको असली स्वभाव थाहा हुन्छ । सुरुवाती चरणमा अरुको स्वभाव, आनीबानी थाहा पाउन सकिदैन ।

कस्ता प्रेमी/प्रमिकासँग जीवन बिताउन सकिन्छ ? : यदि प्रेमी/प्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमी/प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ । आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछ/कस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमी/प्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् । प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमी/प्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ । यतिबेला के छुट हुन्छ भने, आफ्नो जीवनमा प्रेमी/प्रेमिका मन नपरेको अवस्थामा त्यग्नका लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन । सामाजिक मिलोमेसो मिलाइरहनु पर्दैन । त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ ।

विवाहपछि : बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति/पत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ । अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read