Homeसमाचारडोटीको सेती किनारमा बस खस्दा १२ जना घाइते

डोटीको सेती किनारमा बस खस्दा १२ जना घाइते

कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवहाक बस डोटीमा दुर्घटना भएको छ।

शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक गम्भिर घाइते भएका छन् भने ३ जना मध्यम र बाँकी ८ जना सामान्य घाइते भएका छन्।

सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी भइरहेको प्रवक्ता भट्टले बताए।

घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। बसमा २० जना सवार थिए। घटनापछि बस चालक फरार छन्। बस सडकबाट ७०/८० मिटर तल सेति नदीमा खसेको छ।

प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read