Homeसमाचारटिकट वितरणको विषयमा धादिङ कांग्रेसमा झडप हुँदा गाउँपालिका अध्यक्ष घाइते, एक जना...

टिकट वितरणको विषयमा धादिङ कांग्रेसमा झडप हुँदा गाउँपालिका अध्यक्ष घाइते, एक जना पक्राउ

धादिङमा स्थानीय तहको टिकट वितरणका विषयमा दुई पक्षबीच झडप भएको छ।

झडप हुँदा खनियाबास गाउँपालिकाका रणबहादुर तामाङ घाइते भएका छन्। खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको जनाइएको छ।

नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको जनाइएको छ। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाएका छन्।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ।

घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ। आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read