Homeसमाचारतीन दिन मौसम प्रतिकूल हुने, सतर्कता अपनाउन आग्रह

तीन दिन मौसम प्रतिकूल हुने, सतर्कता अपनाउन आग्रह

गए रातिदेखि पश्चिम नेपालबाट छिरेको पश्चिमी वायुको पछिल्लो प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

पछिल्लो पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने छ । बागमती, मधेस प्रदेश र प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशैभर सामान्यदेखि पूर्ण बदली रहने र शनिबार पनि त्यस्तै हुने भएकाले चिसो हुने बताइएको छ । आगामी तीन दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसबाट हुने चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको हो ।

आज पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै वर्षा हुने महाशाखाको अनुमान छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read