Homeसमाचारगुद्वारमा करिब १ किलो सुन लुकाएर ल्याउने १ जना विमानस्थलबाट पक्राउ

गुद्वारमा करिब १ किलो सुन लुकाएर ल्याउने १ जना विमानस्थलबाट पक्राउ

करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार दावाले गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याएका थिए। आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बयान दिएका थिए। दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अंगमा र पेटभित्र लुकाएर ल्याएको बताए। चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टुभित्र र पेटभित्र पनि सुन देखिएपछि प्रहरीद्वारा नियन्त्रणमा लिईएको हो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read