Homeसमाचारज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति

ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रुपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए ।

उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’

आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रुपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे ।

उनले आफुसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।

आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आवद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घन्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता वेथितिको अन्त्य आफुहरुले गरेको बताए । अझैपनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरुको उद्दार गरिरहेको बताए । उनले भने,‘आजकै दिनपनि २० जना अलपत्र परेका नागरिकहरुको उद्दार गरेका छौ ।’

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read