Homeफिल्मसेलिब्रेटीमंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री श्वेता खडका

मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री श्वेता खडका

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन् । मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए ।

सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ । यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन् । ’कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो ।

यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read