Homeमनोरञ्जनपल र समीक्षाको भिडियो रिलिज (भिडियो सहित )

पल र समीक्षाको भिडियो रिलिज (भिडियो सहित )

पछिल्लो समय पल र समीक्षा बिचको गसिपले मनोरंजन बजार ततायो। विभिन्न अडकलबाजी तथा शंका उपशंका बीच बिभिन्न आरोप प्रत्यारोप पल समीक्षाको जोडी माथी लाग्यो। तर दुवैको प्रस्टोक्ति पछि भने तातिएको बजार केहि मत्थर भयो।

सेलाएको बजार तताउन मोडल पल शाह तथा गायिका समीक्षा अधिकारि एउटै भिडियोमा देखिएका छन। पल संग समीक्षा गायिकाको रुपमा मात्र नभई मोडल जोडीकै रुपमा आएकी छन्।

स्मीता स्नेहा इन्टरटेनमेन्ट बाट रिलिज भएको जोवन बोलको गीत तथा म्युजिक भिडियोमा यो जोडी संगै देखिएको हो। गीतामा बसन्त थापा तथा समीक्षाकै स्वर छ भने नकुल ढकालको शब्द रहेको छ। वसन्त थापा कै संगीत रहेको गीतमा एरेन्ज आशिष अविरलको रहेको छ।

भिडियोको निर्देशन दिपक एम सिंहको रहेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read