चलचित्र बसन्त हेरिसकेपछि निर्माता छबिराज ओझाले उक्त चलचित्र प्रकाश सपूतले निर्देशन नगरेको भए राम्रो बन्ने बताएका छन् ।
ओझाले चलचित्रका निर्देशक , लेखक तथा अभिनेता सपुतलाई यस्तो सुझाब दिएका हुन्। उनि भनछन् , ‘ मलाई लागेको कुरा के हो भने प्रकाशजीले राम्रो लेख्नुहुन्छ, अभिनय राम्रो गर्नुहुन्छ। सबै कुरा राम्रो गर्नुभएको छ, ‘यसमा उहाँले डाइरेक्सन नगरेको भए हुन्थ्यो भन्ने मलाई लागेको छ। सिनेमा हेरेपछि भएको कुरा बोलेको हो।’
एकजनाले सबै विधामा आफैलाई राख्न खोज्दा धेरै कमि कमजोरी देखिएको ओझाले बताएका छन्।
‘ ६/७ मिनेटको म्युजिक भिडियो र गीतहरु बनाएर हालिरहेको मान्छे, यो अढाई घण्टाको फिल्म हो,‘अर्को निर्देशक भएको भए लेख्ने कुरामा पनि कसैले सच्याइदिन्थ्यो होला। अझै राम्रो सिन बन्थ्यो। सिनेमा म्युजिक भिडियो जस्तो हुन्न नि!’। उनले भनेका छन्।
