छिमेकीको हत्या गरि साधुको भेषमा लुकेर बसेका व्यक्ति पक्राउ

छिमेकीको हत्या गरी साधुको भेषमा लुकेर बसेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२बैसट्ठी वर्षीय लोकनाथ साह तेली रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।  लोकनाथले २०६४ चौसट्ठी साल वैशाख २५ गते छिमेकी ढोडा मुखियालाई जग्गासम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाएर गोली प्रहार गरी हत्या गरेका थिए । हत्यापछि फरार भएका उनी भारतको चम्पारणमा रहेको रामजानकी मन्दिरमा पूजारीका रूपमा १० वर्षदेखि साधुको भेषमा लुकेर बसेका थिए।

लोकनाथलाई सर्वाेच्च अदालतले ज्यान सम्बन्धी मुद्दामा २०६९उन्ननसत्तरी साल कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई सीआईबीको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *