लिङ्देनको चेतावनी : ‘सरकारलाई समर्थन गरे साधारण सदस्य पनि रहँदैनन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्णयविपरीत प्रदेश सरकार निर्माणमा समर्थन गर्ने सांसदलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

बागमती प्रदेशमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले पार्टी नेतृत्वको निर्णयविपरीत एमाले–नेकपा गठबन्धनलाई सरकार बनाउन समर्थन गरेपछि लिङ्देन असन्तुष्ट बनेका हुन्।

लिङ्देनले कुनै पनि प्रदेशमा सरकार गठन वा गिराउने खेलमा राप्रपा सहभागी नहुने र पार्टीको निर्णयविपरीत जाने सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बताएका छन्।

बागमतीमा थापाविरुद्ध राप्रपाका बहुमत सांसदले अविश्वासको प्रस्तावसमेत दर्ता गराएका छन्। बागमतीको घटनाले गण्डकीमा समेत सत्ता समीकरण फेरबदल हुन सक्ने आशंका बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *