वीरगञ्जको कर्फ्यु लम्भियो , आज राति १२ बजेसम्म लागु हुने

शनिबार साँझदेखि पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले  लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्यु आज मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो । वीरगञ्जमा आइतबार बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको बताएका छन्  । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *