निर्माता सरोज न्यौपानेले वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरिएको बताएका छन् । यसैमहिना ६० दिन लगाएर मुस्ताङ, काठमाडौं र लुक्लामा चलचित्रको छायांकन गरिएको छ । बाँकी २ गीत भारत र काठमाडौंमा खिच्ने तयारी भएको निर्माण टिमले बताएको छ ।२०८२को तिहारको छेको पारेर यो चलचित्र असोज ३१मा देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
