नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्रको औचित्य समाप्त भएको बताएका छन् ।
उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताएका छन् । ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवा सपनाबाट मुक्त हुनुपर्छ,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्र शाहको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको उनले स्पष्ट पारेका छन्। अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक भएको पनि बताएका छन्।
