Homeस्वास्थ्यकाँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् !

काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् !

गर्मीमहिना सरु भइसेको छ। गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ। गर्मीको समयमा काँक्रा निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ । यसमा ९० % पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन ।

यो हाम्रो छालाको लागी पनि निकै लाभदायक मानिन्छ । यसले छालालाई चम्किलो र नरम बनाउन मद्धत गर्छ । यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम प्रसस्त मात्रामा पाइन्छ ।

काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्

१. पाचन प्रणाली राम्रो बनाउँछ

काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।

२. मोटोपना कम गर्छ

काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. छाला सुन्दर बनाउँछ

अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोहर्‍याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

४. पानीको कमी हटाउँछ

काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।

५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक

काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. कपाल लामो बनाउँछ

काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।

काक्रालाई विभिन्‍न तरिकाले प्रयोग गर्न सकिन्छ।

१. काक्रालाई सलाद, जुस, स्‍याण्डवीच वा त्‍यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ।

२. काक्रामा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ।

कांक्रा खाँदा के – के फाइदा ?

१. कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसलेे डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ ।

२. कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् । यसमा ९० प्रतिशत पानी पाइन्छ ।

३. दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ ।

४. कांक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ ।

५. यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाएहुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मदत गर्छ ।

६. नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।

७. आयुर्वेदिकका अनुसार कांक्रा खानाले खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउने काम गर्दछ।काक्राको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्दछ।

८. यदि मुखमा घाउ आएमा काक्राको टुक्रा राखेमा घाउँमा रहेको जीवाणु विस्तारै मरेर जान्छ र घाउँ निको हुन्छ।

९. यस्तै काक्राको सब्जी बनाएर समेत खान सकिन्छ। यसमा कोलेस्ट्रोल नभएकाले यसले हृदयघातको रोगीलाई स्वस्थ र लाभकारी बनाइ राख्छ।

१०. एक अध्‍ययनका अनुसार काक्रामा स्टेरराला नामक यौगिक रहेको हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read