Homeसमाचारखोप कार्ड बेचेर १८ करोड कमाउने दुई नर्स समातिए

खोप कार्ड बेचेर १८ करोड कमाउने दुई नर्स समातिए

कोभिड महामारीविरुध्दको खोप कार्ड बेच्ने दुई जना समातिएका छन् । कोरोनाको खोप नलगाएकाहरुलाई खोप कार्ड बेच्ने न्यूयोर्कको लङ्ग आइल्याण्डका दुई नर्स समातिएका हुन् ।

पक्राउ पर्नेमा ४९ वर्षीया जुली डेवुनो र एमिटीभिलको वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थकेयरमा काम गर्ने ४४ वर्षीया मारिसा उराओ रहेका छन् । डेवुनो एमिटीभिलको वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थकेयरका मालिक तथा मारिसा त्यसको अपरेटर रहेको बताइएको छ ।

उनीहरुले खोप कार्ड बेचेर १५ लाख डलर अर्थात नेपाली १८ करोड कमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एनबिसी न्यूयोर्क डटकमले उल्लेख गरेअनुसार पक्राउ परेका उनीहरुले नक्कली खोप कार्ड बनाएबापत वयस्कहरूका लागि प्रतिव्यक्ति २ सय २० अमेरिकी डलर र बच्चाका लागि ८५ अमेरिकी डलर लिने गरेका थिए ।

यो पनि
नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र ३२३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा ६३५९ जना निको भएका छन्। यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हाल नेपालमा ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read