Homeसमाचारकोरोना परीक्षणको शुल्क घट्यो

कोरोना परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। निजी प्रयोगशालाहरुमा कोरोना परीक्षणको शुल्क यसअघि २ हजार रुपैयाँ थियो।

सरकारी अस्पताल तथा प्रयोशालाहरुमा कोरोना संक्रमणको लक्षण देखिएकाहरुको नि:शुल्क हुनेछ। अन्यको हकमा भने ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read