Homeजानकारीसुनिता दुलालले विष्णु माझी बारे खोलिन् यस्तो रहस्य

सुनिता दुलालले विष्णु माझी बारे खोलिन् यस्तो रहस्य

‘चरी जेलैमा’ गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ । उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टिप्पणीहरु भइरहेका छन् ।
माझीलाई आफ्नै श्रीमानले घरबाट निस्कन नदिएर बन्धकजसरी राखेको चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । उनको भनाइमा विष्णु माझीका विषयमा गरिएका टिकाटिप्पणीहरु अनुमानित, मनगढन्ते र भ्रामक छन् ।

‘कतिले भन्छन्, विष्णु माझीलाई उनका श्रीमान सुन्दरमणी अधिकारीले बन्धक बनाएका छन् रे, उनकै दबाबका कारण उनी बाहिर निस्कन सकेकी छैनन् रे !’ दुलालले भनेकी छन् ।

उनी थप्छिन्, ‘यी सबै सुन्दा, पढ्दा आश्चर्य लाग्छ । यो युग हाम्रो हजुरबुबा–हजुरआमाको पालाको होइन कि अरुको दबाब र बन्धक बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने । त्यसैले मलाई लाग्दैन विष्णु माझी कसैको दबाबमा छिन् । उनी त आफ्नो व्यक्तिगत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् ।’

‘अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पीडा दिइरहेको छ भने सधैं सहेर बस्दैन । अझै यति चर्चित गायिका त्यो पीडा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ । त्यसैले कसैको व्यक्तिगत जीवनलाई लिएर अरुमाथि आक्षेप नलगाऔं, हस्तक्षेप नगरौं यही नै विष्णु माझीका लागि सच्चा सम्मान हो ।’ उनले लेखेकी छन् ।

दुलालले विष्णु माझी एक न एकदिन अवश्य बाहिर आउने आशा व्यक्त गरेकी छन् । उनले अनुकुल समय कुरेको हुनसक्ने माझीको तर्क छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read