Homeसमाचारलोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

लोकसेवाको रोकिएको परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

लोकसेवा आयोगका रोकिएका परीक्षा आउँदो साउन १५ देखि सञ्चालन हुने भएका छन् । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

यसअघि कोरोना महामारी र आयोगमा पदाधिकारी नहुँदा परीक्षा स्थगित भएको थियो । बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार स्थगित भएका परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय भएको आयोगले जनाएको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने आयोगको तयारी छ ।

आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशन लगायतको कार्यतालिका सार्वजनिक गरेको छ ।

 

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here