Homeफिल्मअस्करका लागि भारतबाट मलयालम फिल्म '२०१८' पठाइने

अस्करका लागि भारतबाट मलयालम फिल्म ‘२०१८’ पठाइने

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६ औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा भारतको प्रतिनिधित्व मलयालम फिल्म ‘२०१८’ ले गर्ने भएको छ।

भारतस्थित छनोट समितिलाई सहभागिताका लागि परेको फिल्मको आवेदन मध्येबाट बुधबार बसेको बैठकबाट ‘२०१८’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य गिरीश कसारावल्लीले जानकारी दिएका हुन्। उनी कन्नड फिल्मका निर्देशक समेत हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यसवर्ष २२ फिल्म सर्टलिस्ट गरिएको थियो। जसमा बलिउड फिल्म ‘द केरल स्टोरी, गदर २, ज्विगाटो, रकी और रानीकी प्रेमकहानी, मिसेज चाटर्जी भसेस नर्वे, घूमर’ लगायत सहभागी थिए।

अस्कर अवार्ड १० मार्च २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुनेछ।

फिल्म ‘२०१८’ केरल बाढीमा आधारित छ। फिल्ममा बाढीबाट बच्न मानिसहरूले गरेको संघर्षलाई देखाइएको छ। फिल्ममा टोविनो थोमस, कुंचाको बोबन, आसिफ अली विनीत श्रीनिवासन, अपर्णा बालमुरली, तन्वीलगायत कलाकारको अभिनय छ।

काव्या फिल्म कम्पनी र पिके प्राइम प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा तले वेणु कुन्नाप्पिली, सिके पद्मकुमार र एन्टो जोसेफको लगानी छ।

१२ करोड लगानीमा बनेको फिल्मले २०० करोड भारू कमाएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here