Homeसमाचारप्रेमध्वजलाई संझदै अस्पतालबाट मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाई’

प्रेमध्वजलाई संझदै अस्पतालबाट मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाई’

कोरोना संक्रमण भएर निको भै अस्पतालबाट एकपटक डिस्चार्ज भैसके पनि फेरि अक्सिजन लेभल घटेपछी पुन अस्पताल भर्ना भै उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो ।

मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि नविझाउने मान्छे तिमी । मनमा मानबता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी संझेको छु ।’

मदनकृष्णले आफू फेरि पनि मेडिसिटी अस्पतालमा भर्ना भएको र कोरोनालाई जित्ने आत्मविश्वास आफूमा रहेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘चाडै निको हुनेछु र निको भएर अस्पतालमा वा बागबजार घरमा तिमीलाई भेट्न आउने सोचमा थिएँ । तर, तिमीले त हामी सबैलाई छोडेर पो गैसकेका रहेछौ । मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाई ।’

मदनकृष्णले ‘गोरेटो त्यो गाउँको लौन आज’ भन्ने गीत आफ्नो कानमा ठूलो ठूलो स्वरमा गुन्जिरहेको उल्लेख गरेका छन् । ‘माइती घर’को ‘नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो’ गीतमा प्रेमध्वजको अद्धितिय स्वर्णिम स्वरको संझना भैरहेको पनि मदनकृष्णले उल्लेख गरेका छन् ।

‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन’ भन्थ्यौं । अब तिम्रो तस्वीर हेरेर मन वुझाउनु बाहेक के नै बाँकी रह्यो र । तिम्रो आत्मालाई चीर शान्त मिलोस् । हार्दिक श्रद्धाञ्जली छ है दाई ।’

गायक प्रेमध्वज प्रधानको बिहिबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here