Homeसमाचारईपीएस परीक्षाको फारम भर्न रोक नलगाउन उच्चको आदेश

ईपीएस परीक्षाको फारम भर्न रोक नलगाउन उच्चको आदेश

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू इच्छुक सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले तर्क बहादुर पल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ आदेशमा भनिएको छ’ ..

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सवैका लागि आवेदन दिन बाटो खुला भएको छ । यसअघि मुद्दा हालेका १८ जनालाई निवेदकलाई मात्र आवेदन गर्न पाउने आदेश जारी गरेको थियो । सवैले फर्म भर्न नपाएपछि युवाहरु आन्दोलित बनेका थिए । यसै विषयलाई लिएर बलकुमारीमा आज भएको प्रर्दशनको क्रममा आज दुई जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here