Homeखेलकुदयुरो २०२० को सेमिफाइनलमा पुग्ने समिकरण यस्तो

युरो २०२० को सेमिफाइनलमा पुग्ने समिकरण यस्तो

युरो २०२० फुटबल अन्तर्गत प्रि क्वाटरफाइनलका खेल सकिएका छन् । मंगलबार युक्रेन विजयी भएसँगै अन्तिम आठमा पुग्ने आठौं टिम हुन पुग्यो ।

मंगलबार राति दुई वटा खेल भएका थिए । जसमा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दा युक्रेनले स्वीडेनलाई स्तब्ध बनाएको थियो ।अब सेमिफाइनल प्रवेशका लागि शुक्रबारदेखि खेल हुने छ ।

क्वाटरफाइनलको पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुने छ । स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्दा स्पेनले क्रोएशियामाथि अतिरिक्त समयमा ५–३ गोल अन्तरको जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।स्वीट्जरल्याण्ड र स्पेनको खेल शुक्रबार राति पौने १० बजेदेखि शुरुहुने छ ।

यसैगरी दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली आमने सामने हुने छन् ।इटलीले अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गर्दा बेल्जियमले पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । बेल्जियम र इटालीको खेल भने राति पौने १ बजे शुरुहुने छ ।

यसैगरी शनिबार चेक रिपब्लिक र डेनमार्क आमने सामने हुने छन् । चेकले नेदरल्याण्ड्सलाई पराजित गर्दा डेनमार्कले वेल्सलाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।चेक रिपब्लिक र डेनमार्कको खेल राति पौने १० बजे हुने ।

यसैगरी क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुने छ ।युक्रेनले स्वीडेनलाई पराजित गर्दा इंग्ल्याण्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको टिकट पक्का गरेका थिए ।इंग्ल्याण्ड र युक्रेनको खेल राति पौने १ बजे हुने छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here