बलिउड नया वरुण धवन तथा फेसन डिजाईनर नताशा दलालको आईतबार मुम्बईमा विवाह सम्पन्न भएको छ। वरुन धवन आफैले आफ्नो इन्स्टाग्रामा विवाहको तस्वीर सार्वजनिक गर्दै जीवनभरिको प्रेम आधिकारिक भएको बताएका छन्।
विवाह स्थल मेन्शन हाउसन्मा क्यामेरा र मिडियामाथी कडा प्रतिबन्ध थियो। विवाह स्थलमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई उनले खानाको प्याकेट संगै लड्डु पठाए।
श्रोतका अनुसार उनीहरुको रिसेप्सन पार्टी फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यु म्यारियटमा हुनेछ। भारतीय मिडियामा प्रकाशीत समाचार अनुसार जोडी हनिमुनको लागी टर्की जान सक्ने सम्भावना बताएका छन्।