Homeअन्तर्राष्ट्रियको हुन् १९ बर्षीय युवती जो एक दिनका लागि मुख्यमन्त्री बनिन

को हुन् १९ बर्षीय युवती जो एक दिनका लागि मुख्यमन्त्री बनिन

भारत हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनको लागि उत्तराखण्ड राज्यको मुख्यमन्त्री बनेकी छन् ।

गोस्वामी २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एकदिने मुख्यमन्त्री बनेकी हुन् । सृष्टि उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री भएकी हुन् । यद्यपि उनि प्रतीकात्मक रुपमा उत्तराखण्डको मुख्यमन्त्री बनेकी हुन् ।

मुख्यमन्त्री बनेसँगै उनले सरकारी नीतिहरू हेरफर गर्न आयोजित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले सरकारी निकायका अधिकारीहरूलाई आफ्ना सुझाव दिइन् । त्यसका साथै गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका विभिन्न निकायले गरेका कार्यहरूबारे पनि जानकारी लिइन् । आइतबार मध्याह्न गरिएको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए ।

मुख्यमन्त्री रावतले ट्वीट गर्दै ‘आफ्नो सरकार सबै छोरीहरूको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘विभिन्न क्षेत्रमा क्रियाशील भारतीय छोरीहरूको सफलताको शुभकामना दिएका’ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । किशोरीहरूको सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यका लागि केन्द्र सरकारले विभिन्न कदमहरू सुरु गरेको मोदीले ट्वीटमार्फत जनाएका छन् ।

रुडकीको बीएसएम पीजी कलेजमा बीएससी एग्रिकल्चरकी विद्यार्थी सृष्टिका बुवा गाउँमा सानो पसल चलाउँछन् र आमा सामाजिक कार्यकर्ता हुन् । छोरीलाई दिइएको सम्मानबाट उनीहरु गौरवान्वित छन् ।

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here