Homeमनोरञ्जनज्याकलिनको गोप्य तस्वीर बाहिरिएपछि तनावमा

ज्याकलिनको गोप्य तस्वीर बाहिरिएपछि तनावमा

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।

ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् ।

तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’ उनले आफ्नो गोप्य तस्वीरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी छन् ।

ज्याकलिनको केही समयअघि मात्रै दुई करोड ठगी मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग नाम जोडिएको थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here