Homeसमाचारबढ्यो जाडो , जाडाे बढे सङै नदिहरुमा बरफ माथिबाट नै हिड्ने बाटो...

बढ्यो जाडो , जाडाे बढे सङै नदिहरुमा बरफ माथिबाट नै हिड्ने बाटो ।

१० पुस काठमडौ । शुक्रबार बिहान बिगतका दिनका तुलनामा भन्दा भन्दा निकै चिसो महसुस गरिएको छ।बिहीबार भन्दा आज तापक्रम दुई डिग्री घटेकाले उपत्यकामा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। यसैबीच हुम्लामा कर्णाली नदीको पानी चिसोको कारण जम्न थालेको छ। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको हो। नदीको पानी चिसोले जम्दा हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ।
चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियस पुगेको छ। नाम्खा–५ हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेको सशस्त्रका इन्चार्ज प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। नदीको पानी बरफ बन्दा नदी नै सेताम्मे देखिन थालेको।
पानी जमेकाले बरफमाथिबाटै नदी वारपार गर्न सकिने भएको छ। चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताए।

हिल्सा क्षेत्र कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु चिसो हुन्छ। अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । ‘तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ। अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन,’ केसीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read