ललितपुरबाट पेस्तोलसहित तीनजना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *