नेताहरुलाई ज्ञानेन्द्र साहिको आरोप ,आफ्ना छोराछोरीलाई युरोप अमेरिका पठाऊछन् , जनताका छोराछोरीलाई ढुङ्गा हान्न सिकाउछन्

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्रवादी नेताहरूले आफ्ना छोराछोरीहरूलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरूलाई विश्वविद्यालयमा ढुङ्गा हान्न सिकाएको आरोप लगाएका छन् ।

सांसद शाहीले कांग्रेस नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इङ्गित गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरीलाइ त्रिभुवन विश्वविद्यालयमा ढुङ्गा हान्न लगाउने  भन्दै नेताहरुमाथि प्रश्न समेत गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *