फरार रहेका दुर्गा प्रसाईलाइ नेपाल ल्याईयो, अब काठमाडौँ ल्याउने तयारी

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजाबादी हिंसात्मक आन्दोलन पछि फरार रहेका उक्त आन्दोलनका जनाकमंदर दुर्गा प्रसाईलाइ नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी विशेष सीआइबिको  टोलीले भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट नेपाल भित्र्याइएको हो
उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । प्रसाईंको प्रतीक्षामा आज बिहानदेखि नै मेची पुलमा उनका परिवार र समर्थक भेला भएका थिए ।
उनलाई समात्न नेपाल प्रहरीले तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरि भारतसम्म खोजी अभियान चलाएको थियो ।

पक्राउ परेका उनीमाथि प्रदर्शनका नाममा हिंसा भड्काएको, सुरक्षाकर्मीमाथि गाडी कुदाएको, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र लुटपाट गरेको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *