चैत २९ गते अर्थात भोलिदेखि रिलिजको तयारीमा रहेको दुई नेपाली चलचित्रहरु ‘कर्मा’ र ‘पिताम्बर’ले उत्साहजनक शो पाएको छ।
यी दुवै चलचित्रले हलमा उच शो पाएका छन्। सबैभन्दा धेरै शो प्रदीप खड्काको ‘पिताम्बर’ले पाएको छ । यो चलचित्रले देशब्यापी १७० शो पाएको छ । त्यस्तै, विपिन कार्कीको चलचित्र ‘कर्मा’ले पनि देशव्यापी १२४ शो पाएको छ। सुखद शो पाएसंगै अब यी दुई चलचित्रले कस्तो व्यापार गर्लान, त्यो भने भोलिबाट थाहा हुनेछ।
|
ReplyForward
|
