५/५ करोड घुस अफर गरिएको संवाद बाहिर आएपछि निकालियो बालेनले राखेको सिसिटिभी

केहि समय अगाडी काठमाडौँ महानगरको एउटा भीडियो सामाजिक सञ्जालहरुमा बाहिर आउछ।

वडाअध्यक्षहरुको छलफलको भिडियोमा काठमाडौं टावर निर्माणका लागि ५/५ करोड घुस अफर गरिएको संवाद सुन्न सकिन्थ्यो ।

बालेन कर्मचारीहरुप्रति  रुस्ट भएको आरोप लागिरहँदा उक्त सीसीटीभी क्लिप काटेर उनको सचिवालयले भ्रम छर्न खोजेको आरोप वडाअध्यक्षहरुले लगाएका छन् ।  यो घटनापछि महानगरको कार्यालयमा राखिएका सीसीटीभीलाई हटाउन थालिएको छ भने सीसीटीभीको नियमन र नियन्त्रणका लागि पनि कार्यविधि बनाउने तयारी थालिएको छ ।

सीसीटीभी माथिको नियन्त्रण अहिले बालेन र उनको टीममा रहेको जनाइएको छ । अडियोसहित रेकर्ड हुने उक्त सीसीटीभी फुटेजमा छेडखानी गरि अर्थ लाग्ने क्लिपमात्र बाहिर ल्याइएको भन्दै वडाअध्यक्ष र कर्मचारीहरुले आपत्ति जनाएपछि अहिले केही स्थानको सीसीटीभी निकालिएको छ ।

महानगरको सुशासन समितिका प्रमुख खेमराज तिवारीले सीसीटीभी राख्ने वा हटाउने भन्ने क्षेत्राधिकार कार्यकारी अधिकृतको क्षेत्राधिकार भएको बताएका छन्।  कार्यकारी प्रमुख, बैठक कक्ष लगायत २/३ ठाउँको सीसीटीभी निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *