भ्रष्टाचार पार्टीले नभई व्यक्तिले गर्ने महामन्त्री गगन थापाको टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार पार्टीले नभई व्यक्तिले गर्ने बताएका छन्।

थापाले भने , ‘ पार्टीले भ्रष्टाचार गर्छ त? गर्दैन। व्यक्तिले भ्रष्टाचार गर्छ, ‘तपाईँ पार्टीको बुढानिलकण्ठ नगरपालिकामा बसेर बिहान–बेलुका दु:खसुख गरेर…. तपाईँलाइ न पार्टीले खुवाको छ, न पाल्दिएको छ। तपाईँको दु:ख तपाईँसँगै छ। तपाईँ आफ्नो काम आफैँ गरेर खानुभएको छ। नेपाली कांग्रेस पार्टीको सरकार बन्दा पनि तपाईँको जिन्दगी त्यही हो, नबन्दा पनि तपाईँको व्यक्तिगत जिन्दगी त्यही हो। यसो हेर्छु सबैले आफ्नो गरेर खाएकै छ। तर, एउटा कुन चाहीँ पार्टीको जिम्मेवारी लिएर बसेको मान्छेले गलत गर्छ, त्यसले सिंगो पार्टीको मान्छेले त्यसको दोष व्यहोर्नुपर्छ।’

राजनीतिक कुरा हो भने ज्यान फालेर लाग्ने तर व्यक्तिगत कुरा हो भने आफुहरु नलाग्ने थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *