उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन्।
उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको बताएका छन्।
उनले भने , ‘ अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौँ। त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सूचित गराउनुपर्छ।’
