थाइल्याण्डमा बसी नेपालहुदै भारतमा गाजा तस्करी गर्ने गिरोह पक्राउ

एक गिरोहले थाइल्याण्डमा बसेर नेपाल हुँदै भारतमा गाँजा तस्करी गर्ने गरेको खुलेको छ।

थाइल्याण्डमैबसी  गाँजा तस्करीमा नेपाललाई ट्रान्जिट बनाएको पाइएको हो। त्यही क्रममा लागुऔषध कारोबारीले पठाएको गाँजा लिएर आउने र लिन आउने ३ जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ। थाई एयरलाइन्सको उडानमार्फत काठमाडौँ आएकी २७ वर्षीया थाई नागरिकको साथबाट प्रहरीले ५ केजी २ सय ग्राम गाँजा बरामद गरेको थियो।

उत्त गाँजा लिएर भारत लैजान खोज्ने थाइल्याण्ड घर भई काठमाडौँ बस्ने २४ वर्षीया चोङलादा  र भारत घर भएका ३१ वर्षीय जम्सादलाई पक्राउ गरिएको ब्यूराेका प्रहरी उपरीक्षक नारायण अधिकारीले बताएका छन् । उनीहरूलाई बिहिबार सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *