अमेरिकाले औषधिमा समेत कर लगाउने , औसधिको मूल्य बढ्नसक्ने चेतावानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकाले औषधिमा पनि कर लगाउने बताएका छन्।

उनले भने, ‘हामी आवश्यक कदम चाल्दैछौं। जब हामी औषधिमा शुल्क लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न आउनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।’।   यसले औषधि कम्पनीहरूमाथि दबाब पर्ने रास्ट्रपति ट्रम्पले दाबी गरेका छन्।

उक्त कार्यले कम्पनीहरू चीन जस्ता देशहरूबाट आफ्नो व्यवसाय सारेर अमेरिकामा कारखाना स्थापना गर्ने र यसले अमेरिकामा औषधि उत्पादन बढ्ने बताएका छन्। केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *